Logo

नागरिक लगानी कोषको लाभांश घोषणा, सेयरधनीहरुलाई २५ प्रतिशत बोनस

नागरिक लगानी कोषको लाभांश घोषणा, सेयरधनीहरुलाई २५ प्रतिशत बोनस



काठमाडौं । नागरिक लगानी कोषले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । काेषले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोनस वितरण गर्ने भएको छ । कोषको सञ्चालक समिति बैंकले कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL