Logo

एनआईसी एशिया क्यापिटल तीन कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त

एनआईसी एशिया क्यापिटल तीन कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त



काठमाडौं । तीन छुट्टाछुट्टै कम्पनीले शेयर रजिष्ट्रारमा एनआईसी क्यापिटललाई नियुक्त गरेका छन् । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेड, मेन्छियाम हाईड्रोपावर लिमिटेड र दोल्तीपावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेका हुन् ।

अबयीतीनओटै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसरी, रोक्का राख्ने लगायत सम्पूर्ण कार्यहरू एनआईसी एशिया क्यापिटलले गर्नेछ । यी तीनओटै कम्पनीहरूकोे वैशाख २४ गतेदेखि शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरू एनआईसी एशिया क्यापिटलबाट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL