Logo

एनआईसी एसिया लघुवित्तको साढे २५ करोड बढी नगद लाभांश पारित

एनआईसी एसिया लघुवित्तको साढे २५ करोड बढी नगद लाभांश पारित



काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा आइतबार धरान उपमहानगरपालिका ८, सुनसरीमा गरिएको छ।

सभाले विभिन्न एजेन्डासहित संस्थाको आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको जनाएको छ।

साथै संस्थाको सेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ।

वित्तीय संस्थाले मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। चालू आ.व. २०७९/८० को दोस्रो त्रैमासिकको अन्त्यसम्म वित्तीय संस्थाले कुल २ लाख ३ हजार ८६२ विपन्न परिवारमा लघुवित्तले सेवा प्रदान गरेको छ। स्थापना देखि हालसम्म ग्राहक संरक्षण कोषबाट संस्थाले ३ करोडभन्दा बढी खर्च गरिसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL