Logo

प्रभु क्यापिटल र सुरी हाइड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

प्रभु क्यापिटल र सुरी हाइड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता



काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडबिच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा मकर जितुमाया सुरी हाईड्रोपावरको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे ।

हाल मकर जितुमाया सुरी हाइड्रोपावरले प्रबद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत २०७९ वैशाख १८ देखि व्यवसायीक उत्पादनमा छ । यस्तै माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL