Logo

‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ को आजबाट बिक्री खुला, यसरी दिनुस आवेदन

‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ को आजबाट बिक्री खुला, यसरी दिनुस आवेदन



काठमाडौं । सिटिजन्स क्यापिटलले बुधबारदेखि बन्दमुखी म्युचुअल फन्ड योजनाको बिक्री खुला गरेको छ । कम्पनीले ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ को कुल १० करोड इकाई निष्कासन गरेको हो ।

उक्त फण्डमा वैशाख १० गतेसम्म आवेदन दिन सक्नेछ भने सो समयमा सबै इकाई बिक्री नभएमा वैशाख २० गतेसम्म खुला रहने कम्पनीले जनाएकोछ ।

निष्काशन गरेको उक्त फण्डको १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ । योजना व्यवस्थापक सिटिजन क्यापिटलले बाँकी ८ करोड ५० लाख इकाईमध्ये सर्वसाधारणका लागि इकाई बिक्री खुला गरेको जनाएको छ ।

प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
उक्त फण्डमा वैशाख १० गतेसम्म आवेदन दिन सक्नेछ भने सो समयमा सबै इकाई बिक्री नभएमा वैशाख २० गतेसम्म खुला रहने कम्पनीले जनाएकोछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL