Logo

प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुट

प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुट



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ अफर ल्याएको छ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन १०० प्रतिशत छुटको अफर ल्याएको हो ।

“नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार” भन्ने नाराका साथ यो अफर जेठ महिनासम्म संचालनमा आउने जनाएको छ । यो अवधि भित्र डिम्याट खाता खोल्नुहुने हितग्राहीले पनि यस लगानी व्यवस्थापन सेवाको फाईदा आजीवन वार्षिक शूल्कमा १०० प्रतिशत छुट पाउन सक्नेछन् ।

ग्राहकले तीन लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । तीन लाख ग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।

ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि डिम्याट खाता खोलि यस योजनामा सहभागी भई आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL