Logo

मेगा क्यापिटलले नयाँ वर्ष २०८० को उपलक्ष्यमा सुरु गर्यो २०ः८० लगानी व्यवस्थापन सेवा

मेगा क्यापिटलले नयाँ वर्ष २०८० को उपलक्ष्यमा सुरु गर्यो २०ः८० लगानी व्यवस्थापन सेवा



काठमाडौँ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को उपलक्ष्यमा २०ः८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ ।

उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्ममान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएको खण्डमा बढी नाफाको २० प्रतिशत नाफा साझेदारी मेगा क्यापिटलले लिने गरी वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

यस्तै न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानी सम्ममा सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ । जसअनुसार ग्राहक वर्गले न्यून लागतमा व्यवसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा शेयर बजार तर्फ लगानी प्रारम्भ गर्न सक्नेछन् ।


न्यूनतम ३ लाख नगद वा शेयर हस्ताणतरण गरेर उक्त सेवा न्यूनतम १ वर्षको लागि लिन सकिने कम्पनीले जनाएको छ ।
उक्त सेवा २०८० वैशाख महिनाभरिको लागि मात्र लागु हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL