Logo

सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ को इकाई आजदेखि विक्रीमा, सर्वसाधारणलाई १० करोड २० लाख इकाई

सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ को इकाई आजदेखि विक्रीमा, सर्वसाधारणलाई १० करोड २० लाख इकाई



काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आजदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ को इकाई निष्कासन गरेको छ । क्यापिटलले यस योजना सञ्चालनका लागि प्रतिइकाई रू. १० अंकित मूल्यका १२ करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये न्यूनतम १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात ६० लाख इकार्य कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणमा बाँकी १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमा आएको हो ।

यस योजनाको इकाई छिटोमा चैत २९ गतेभित्र विक्री बन्द हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा २०८० बैशाख १० गतेसम्म विक्री लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना १० वर्षे अवधिको एक बन्दमुखी प्रकिृतिको योजना हो । यस योजनाको कुल आकार रू. १ अर्ब २० करोड रहेको छ । यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात ६ करोड इकाई बिक्री हुनु पर्नेछ ।

सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जानकारी दिएको छ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यस योजनको इकाई निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ प्लस (एएमसी ३ प्लस) रेटिङ्ग प्रदान गरेको छ ।
यसले क्यापिटलको व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्दछ । त्यसैगरी, कोष प्रबद्र्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL