Logo

सेयर लगानीकर्ताको मनोबल बढाउने अर्थमन्त्री डा महतको आश्वासन, लगानीकर्ताको मागअनुसार नीति परिवर्तन होला ?

सेयर लगानीकर्ताको मनोबल बढाउने अर्थमन्त्री डा महतको आश्वासन, लगानीकर्ताको मागअनुसार नीति परिवर्तन होला ?



काठमाडौं । सेयर लगानीकर्ताले अर्थमन्त्रीसँग भेट गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार बिहान अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेट गरेको हो ।

भेटका लागि अध्यक्ष पौडेलसँगै ब्रोकर संघ, मर्चेन्ट बैंकर तथा अन्य लगानीकर्ता पनि भेटमा सहभागी थिए । सो भेटमा तत्कालका लागि शेयर लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।

छलफलमा अर्थमन्त्री महतले सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउँदै आगामी दिनमा संवादलाई निरन्तरता दिने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL