Logo

दोल्ती पावरले २८ चैतदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

दोल्ती पावरले २८ चैतदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने



काठमाडौं । दोल्ती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यसमध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् ६८ हजार १७ कित्ता छुट्याइएको छ । यस कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।

साथै बाँकी १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरको आईपीओलाई औसत जोखिम आधार जनाउने ‘इक्रा एनपी डबल बी’ रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्