Logo

बन्दीपुर केवलकारले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

बन्दीपुर केवलकारले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट



काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको शेयर निष्काशनको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले पाएको छ । प्रति शेयर अंकित मूल्य रु १०० दरले पच्चीस लाख असी हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो ।

मर्चेण्टको कार्यालय हात्तिसारमा बुधबार आयोजित एक समारोहबिच प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष राम चन्द्र शर्माले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL