Logo

नेप्सेमा सवै समुह हरियो, १६ अंकले बढ्दा ७४ करोड ७४ लाखको कारोवार

नेप्सेमा सवै समुह हरियो, १६ अंकले बढ्दा ७४ करोड ७४ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक १६ दशमलव १७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ८३ दशमलव ६८ अंकमा पुगेर बन्द भएको हो ।

मंगलवार बजारमा कारोवारमा आएका सबै समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय १५ दशमलव ५६ अंकले बढेको छ ।

त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको १६ दशमलव ५१ अंकले उकालो लागेको छ । त्यसैगरी जलविद्युत,विकास बैंक,होटल,अन्य र फाइनान्स समुहको परिसुचक क्रमशः १३ दशमलव ९५, १३ दशमलव ५८, ४ दशमलव ७ र ४ दशमलव ६७ अंकले बढेको हो ।

मंगलवार १ सय ३३ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको ११ लाख ६३ हजार कित्ता सेयरबाट ७४ करोड ७४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL