Logo

९ दशमलव ८९ अंकले घट्यो नेप्से, करिव ६७ करोडको कारोवार

९ दशमलव ८९ अंकले घट्यो नेप्से, करिव ६७ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक ९ दशमलव ८७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ६७ दशमलव ५१ अंकमा पुगेर बन्द भएको हो ।

सोमवार अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव देखिएको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ४ अंकले ओरालो लागेको छ ।

त्यस्तै अन्य समुह १५ दशमलव २७,होटल समुह १२ दशमलव ८३ र जलविद्युत ९ दशमलव ५४ अंकले घटेको छ । त्यसैगरी फाइनान्स समुह ८ दशमलव ८७ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ६ दशमलव ६७ अंकले घटेको छ ।

सो दिन १ सय ३५ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको १३ लाख ३८ हजार कित्ता सेयरबाट ६६ करोड ९५ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL