Logo

बाबा रामदेवको कम्पनी पतञ्जली फुड्सको करोडौं कित्ता सेयर फ्रिज, यस्तो छ कारण

बाबा रामदेवको कम्पनी पतञ्जली फुड्सको करोडौं कित्ता सेयर फ्रिज, यस्तो छ कारण



काठमाडौं । बाबा रामदेवको कम्पनी पतञ्जली फुड्सका लगानीकर्ताका लागि दुखको खबर छ । भारतीय स्टक एक्सचेन्जले कम्पनीको प्रर्वद्धक समूहको २९.२५८ करोड कित्ता शेयर फ्रिज गरेको छ । कम्पनीले तोकिएको समयमा न्यूनतम सार्वजनिक शेयरको मापदण्ड पूरा गर्न सकेको छैन । जसका कारण उनीमाथि कारबाही गरिएको हो ।

डिसेम्बरको अन्त्यमा पतञ्जली फुड्सको पब्लिक सेयर होल्डिङ १९.१८ प्रतिशत थियो । सेबीको नियम अनुसार कुनै पनि सूचीबद्ध कम्पनीमा कम्तीमा २५ प्रतिशत पब्लिक सेयर हुनुपर्दछ । पतञ्जली फुड्स पहिले रुची सोया इन्डस्ट्रिजको नामले चिनिन्थ्यो । डिसेम्बर २०१७ मा, एनसीएलटीले यसको विरुद्ध टाट पल्टिएको भन्दै प्रक्रिया सुरु गर्यो । जुलाई २०१९ मा न्यायाधिकरणले पतञ्जली आयुर्वेदको संकल्प योजनालाई अनुमोदन गर्यो । रिजोलुसन प्लान कार्यान्वयनमा आएपछि कम्पनीमा सर्वसाधारणको शेयर १.१ प्रतिशतमा झरेको थियो ।

सेबीको नियम अनुसार कुनै कम्पनीमा पब्लिक सेयर होल्डिङ २५ प्रतिशतभन्दा कम भएमा तीन वर्षभित्र यो स्तरमा बढाउनुपर्ने हुन्छ । पतञ्जली फुड्सले मार्च २०२२ मा सार्वजनिक प्रस्ताव ल्याएको थियो । यसमार्फत ६ करोड ६२ लाख कित्ता शेयर निष्कासन गरिएको थियो । यसले कम्पनीको सार्वजनिक सेयर स्वामित्व १९ दशमलव १८ प्रतिशत पुगेको छ । तर यसपछि कम्पनीले यसलाई २५ प्रतिशतमा पुर्याउन कुनै पहल गरेको छैन ।

२१ प्रर्वद्धक संस्थाको शेयर रोक्का गरिएको कम्पनीले एक विज्ञप्तिमा जनाएको छ । कम्पनीमा पतञ्जली आयुर्वेदको सबैभन्दा बढी ३९.४ प्रतिशत सेयर रहेको छ । कम्पनीले सेबीको मापदण्ड पूरा नगरेसम्म यी शेयरहरू फ्रिज रहनेछन् । बुधबार एनएसईमा पतञ्जली फुड्सको सेयर १.३ प्रतिशतले बढेर ९६४.४० रुपैयाँमा बन्द भएको थियो । तर, यो वर्ष हालसम्म कमपनीको सेयर मूल्य १९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL