काठमाडौं । नेपाल धितोपत्र बोर्डले माईखोला हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि शेयर निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले फागुन तीन गते कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु लिमिटेड क्यापिटल रहेको छ ।
बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो ।