Logo

पौने ४ अंकले घट्यो नेप्से, ७२ करोड ८९ लाखको कारोवार

पौने ४ अंकले घट्यो नेप्से, ७२ करोड ८९ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ३ दशमलव ८४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ६८ दशमलव ११ अंकमा झरेर बन्द भएको छ ।

बुधवार कारोवारमा आएक अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ८ दशमलव ९५ अंकले ओरालो लागेको छ ।

त्यस्तै बैंक समुह ५ दशमलव २४,विकास बैंक २ दशमलव ८३, अन्य २ दशमलव ३५ र बीमा समुह १ दशमलव ९२ अंकले घटेको छ । यता होटल र फाइनान्स समुहको परिसुचक भने क्रमशः १० दशमलव २ र ० दशमलव २ अंकले बढेको छ । बुधवार १ सय २२ कम्पनी कारोवारमा आएका थिए ।

ति कम्पनीको ९ लाख ७० कित्ता सेयरबाट ७२ करोड ८९ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL