Logo

नेप्सेमा सामान्य करेक्सन, साढे २अंकले घट्दा ९६ करोड ८२ लाखको कारोवार

नेप्सेमा सामान्य करेक्सन, साढे २अंकले घट्दा ९६ करोड ८२ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक २ दशमलव ५२ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ७१ दशमलव ५९ अंकमा झरेर बन्द भएको हो ।

मंगलवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक ६० दशमलव ५६ अंकले ओरालो लागेको छ ।

त्यस्तै विकास बैंक ७ दशमलव २३,अन्य १ दशमलव १८ र बैंक तथा फाइनान्स समुह क्रमशः ० दशमलव ८६ र ० दशमलव १६ अंकले घटेको छ ।

यता उत्पादन,होटल र जलविद्युत समुहको परिसुचक क्रमशः ३३ दशमलव ७३, १६ दशमलव २६ र २ दशमलव ९४ अंकले बढेको छ । सो दिन १ सय ३३ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको २३ लाख २६ हजार कित्ता सेयरबाट ९६ करोड ८२ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL