Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, साढे ९ अंकले बढ्दा ८ लाख ५१ हजारको कारोवार

बैंकिङ समुहले उचाल्यो नेप्से, साढे ९ अंकले बढ्दा ८ लाख ५१ हजारको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक ९ दशमलव ५६ अंकले बढेको छ । सो दिन १ हजार ४ सय ७४ अंकमा पुगेर सेयर बजार बन्द भएको हो । सोमवार सेयर बजारमा बढी प्रभाव रहेको बैंक र बीमा समुह बृद्धि हुँदा समग्र बजारमा सकारात्मक प्रभव परेको हो ।

सो दिन बीमा समुहको परिसुचक १ सय दशमलव ८८ अंकले बढेको छ । त्यस्तै बैंक समुहको १३ दशमलव ४९ र जलविद्युत ३ दशमलव ५ अंकले उकालो लागेको छ ।

यता होटल,फाइनान्स तथा विकास बैंक समुहको परिसुचक भने क्रमशः २४ दशमलव ९४, ५ र ४ दशमलव ८१ अंकले ओरालो लागेको छ ।
सोमवार १ सय २५ कम्पनी कारोवारमा आएका थिए ।

ती कम्पनीको ८ लाख ५१ हजार कित्ता सेयरबाट ७६ करोड २५ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL