Logo

करिव साढे ७ अंकले बढ्यो नेप्से, ९२ करोड ८२ लाखको कारोबार

करिव साढे ७ अंकले बढ्यो नेप्से, ९२ करोड ८२ लाखको कारोबार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक ७ दशमलव ४० अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ६१ दशमलव ७५ अंकमा पुगेर बन्द भएको हो ।

सोमवार वीमा समुहको परिसुचक सवैभन्दा बढी २३ दशमलव ७१अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक २२ दशमलव ५९,होटल १५ दशमलव ११ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ७ दशमलव ६५ अंकले उकालो लागेको छ ।

यता जलविद्युत ९ दशमलव ५८, फाइनान्स २ दशमलव ८२ र अन्य समुहको परिसुचक १ दशमलव १७ अंकले ओरालो लागेको छ । सोमवार १ सय ३१ कम्पनी कारोबारमा आएका थिए । ति कम्पनीको १५ लाख ६४ हजार कित्ता सेयरबाट ९२ करोड ८२ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL