Logo

साढे ३ अंकले बढ्यो नेप्से, ६६ करोडको कारोवार

साढे ३ अंकले बढ्यो नेप्से, ६६ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ३ दशमलव ६५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ९ दशमलव ४३ अंकमा पुगेर बन्द भएको हो ।

आइतवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ६१ दशमलव २ अंकलेउकालो लागेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक १३ दशमलव ५६ अंकले बढेको छ ।

त्यसैगरी विकास बैंक समुहको ७ दशमलव १८, जलविद्युत ३ दशमलव ८९ र फाइनान्स समुहको परिसुचक १ दशमलव ४५ अंकले बढेको छ । यता अन्य तथा होटल समुहको परिसुचक भने क्रमशः ५७ दशमलव ५६ र २६ दशमलव ५२ अंकले ओरालो लागेको छ ।

आइतवार १ सय १७ कम्पनी कारोवारमा आएका थिए । ९ लाख २३ हजार कित्ता सेयरबाट ६६ करोड १५ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL