Logo

नेपाल इन्भेष्टमेण्ट बैंकको एफपिओ बाँडफाँड, साना लगानीकर्ता बढी लाभान्वित

नेपाल इन्भेष्टमेण्ट बैंकको एफपिओ बाँडफाँड, साना लगानीकर्ता बढी लाभान्वित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको एफपिओको बाँडफाँड भएको छ । एफपिओ बाँडबाँडबाट विशेषगरी साना लगानीकर्ता बढी लाभान्वित भएका छन् । एनआइवीएलको मंगलवार बाँडफाँड भएको एफपिओमा साना लगानीकर्ताले ३२.४७ प्रतिशत शेयर पाउने छन् । त्यस्तै ठुला लगानीकर्ताले ८ दशमलव ५१ प्रतिशत शेयर पाएका छन् ।

बैंकले गत फागुन ११ देखि १४ गतेसम्म ९० लाख ६९ हजार ३ सय ८८ कित्ता एफपिओ निष्काशन गरेको थियो । ९० करोड ६९ लाख रुपैयाँ बराबरको एपपिओमा २ लाख १८ हजार ४ सय ६२ आवेदन परेको थियो । जसमा ३सय ३२ वटा भने रद्द भएको शेयर निष्काशन बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ ।
बैंकले ६सय १ रूपैयाँमा एफपीओ जारी गरेकोमा झण्डै ४८ अर्ब रुपैयाँको आवेदन परेको थियो । ६ अर्ब ३४ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको एफपिओ निष्काशन पश्चात चुक्ता पूँजी ७ अर्ब २५ करोड रुपैंया बढी हुनेछ ।

बाडँफाँडमा नपरेको रकम वैशाख ५ गतेदेखि फिर्ता गरिने बताइएको छ । बाँडफाँडमा नपरेको रकम नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया , प्रभु र गुडविल फाइनान्सको खाता उपलब्ध गराउने आवेदको रकम बैंक खातामै पठाईने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL