Logo

ङादी ग्रुपको सेयर आजबाट, ९ लाख ७३ हजार कित्ता निष्कासन

ङादी ग्रुपको सेयर आजबाट, ९ लाख ७३ हजार कित्ता निष्कासन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आइतबारदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गरेको छ । कम्पनीले ९ लाख ७३ हजार ७ सय ३७ कित्ता सेयर निष्काशन गरेको ङादी ग्रुपका शैलेन्द्र गुरागाँईले जानकारी दिए ।

सो मध्ये १९ हजार ४सय ७४ कित्ता सेयर कर्मचारीका लागि, ४८ हजार ६ सय ८६ कित्ता तथा सर्वसाधारणका लागि ९ लाख ५हजार ५सय ७७ कित्ता सेयर छुट्याइएको छ । कम्पनीको सेयर निष्काशन चैत २४ गतेसम्मका लागि खुलेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौं उपत्यका भित्र र बाहिरका शाखा कार्यालयबाट सो कम्पनीमा आवेदन दिन सकिने गुराँगाईले जानकारी दिए । यस्तै ङादीको कार्यालय अनामनगर, भिवोर क्यापिटल, ग्रोमर क्यापिटल, गुहेश्वरी मर्चेन्ट फाइनान्सका शाखामा सम्पर्क राख्नसकिन्छ ।

त्यसैगरी यस्तै एपेक्स डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स, काठमाडौं फाइनान्स, साझा विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकका शाखामा सम्पर्क राख्न सकिन्छ । सो सेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL