Logo

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर आउँदै, लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धकमा नियुक्त

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर आउँदै, लक्ष्मी क्यापिटल मार्केट बिक्री प्रबन्धकमा नियुक्त



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

हिमाल दोलखा हाईड्रोपावरले १ कित्ता शेयरको ०.७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले इलामको इलाम नगरपालिका वडा नम्बर ९ र १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा नम्बर ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइड्रोपावर संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL