Logo

४ दशमलव ७१अंकले घट्यो नेप्से, ५८ करोडको कारोवार

४ दशमलव ७१अंकले घट्यो नेप्से, ५८ करोडको कारोवार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक ४ दशमलव ७१अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ७० अंकमा पुगेर बन्द भएको छ ।

मंगलवार अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बिमा समुहको परिसुचक सवैभन्दा बढी २४ अंकले ओरालो लागेको छ ।

त्यस्तै होटल समुह ९ दशमलव १५ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ८ दशमलव २३ अंकले घटेको छ । त्यस्तै जलविद्युत समुह ५ दशमलव ५ अंकले ओरालो लागेको छ ।

यता फाइनान्स र विकास बैंकको परिसुचक भने क्रमशः ५ र ४ दशमलव ६६ अंकले बढेको छ । मंगलवार १ सय २४ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १७ लाख २६ हजार कित्ता सेयरबाट ५८ करोड ७१ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL