Logo

साढे २ अंकले घट्यो नेप्से, कारोवार रकम रु.८२ करोड २९ लाख

साढे २ अंकले घट्यो नेप्से, कारोवार रकम रु.८२ करोड २९ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक २ दशमलव ५८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ७४ दशमलव ७५ अंकमा पुगेर बन्द भएको हो । सोमवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।

सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी २४ दशमलव ३५ अंक्ले ओरालो लागेको छ । त्यस्तै जलविद्युत २४ दशमलव ६४,अन्य ११ दशमलव ७५ र बैंकिङ समुहको परिसुचक २ अंकले ओरालो लागेको छ ।

यता होटल, विकास बैंक तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः २५,८ दशमलव ६८ र ० दशमलव ३४ अंकले ओरालो लागेको छ । सोमवार १ सय २३ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १६ लाख ३६ हजार कित्ता सेयरबाट ८२ करोड २९ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL