Logo

करिव ३ अंकले बढ्यो नेप्से , ७० करोड ८८ लाखको कारेवार

करिव ३ अंकले बढ्यो नेप्से , ७० करोड ८८ लाखको कारेवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक २ दशमलव ९२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय १५ दशमलव ७७ अंकमा पुगेर बन्द भएको हो ।

बुधवार वीमा समुहको परिसुचक सवैभन्दा बढी ३४ दशमलव ८१ अंकले उकालो लागेको छ । सो दिन होटल समुहको १८ दशमलव ७७, र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ५ अंकले उकालो लागेको छ ।

त्यस्तै फाइनानस समुहको परिसुचक २ दशमलव १६ अंकले बढेको छ । यता जलविद्युत र विकास बैंक समुहको परिसुचक भने क्रमशः २३ दशमलव ५२ र ६ दशमलव २८ अंकले घटेको छ ।

बुधवार १ सय २घ ओटा कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको १० लाख २३ हजार कित्ता सेयरबाट ७० करोड ८८ लाखको कारेवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्