Logo

सर्वसाधारणलाई आइपीओ जारी गर्दै आदर्श लघुवित्त, एक हजार कित्तासम्म आवेदन दिन पाइने

सर्वसाधारणलाई आइपीओ जारी गर्दै आदर्श लघुवित्त, एक हजार कित्तासम्म आवेदन दिन पाइने



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आगामी असार १ गतेदेखि प्रतिकित्ता १०० अङ्कित रु ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुल्ला गर्ने लागेको हो ।

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ६२ हजार ६१५ कित्ता शेयर बिक्री गर्ने प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीका अनुसार कूल ६७ हजार कित्ता शेयरमध्ये एक हजार ३५ कित्ता कम्पनीका कर्मचारी र निष्कासनको पाँच प्रतिशतले हुने तीन हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी ६२ हजार ६१५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

निष्काशन गरिने शेयरमा इच्छुक लगानीकर्ताले छिटोमा आगामी असार ६ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।

यो समयमा माग बमोजिम आवेदन नआए असार १५ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने सार्वनजिक सूचनामा उल्लेख छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरनपी बी प्लस आईएस्’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्