Logo

विर्तामोडमा एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न

विर्तामोडमा एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न



काठमाडाैं । एनआईबीएल एस क्यापिटलको आयोजनामा शुक्रबार बिर्तामोडमा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन भएको छ ।

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेका थिए ।

यसका साथै कार्यक्रममा समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल भएकाे थियाे । उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तैकार्यक्रम संचालन गरिने समेत क्यापिटलले जनाएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि विभिन्न प्रदेशमा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL