Logo

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, यसरी गर्नुस आवेदन

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, यसरी गर्नुस आवेदन



काठमाडौं । वैशाख ११ गतेदेखि निष्कासनमा आएको बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो ।

यो आईपीओ खरीदका लागि सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिने व्यवस्था छ । यसका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यो आईपीओ खरीदका लागि आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । जारीपूँजी रू. १ अर्ब रहेको कम्पनीको हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा जारी पूँजीको १० प्रतिशत आईपीओ विक्री गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पूँजीको १५ प्रतिशत शेयर विक्री गर्ने तयारी कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL