Logo

लगानीकर्ता जनचेतनामूलक कार्यक्रममा एनआईबिएल एस क्यापिटल सहभागी, निःशुल्क डिम्याट खाता खोल्ने कार्यक्रम पनि सञ्चालन

लगानीकर्ता जनचेतनामूलक कार्यक्रममा एनआईबिएल एस क्यापिटल सहभागी, निःशुल्क डिम्याट खाता खोल्ने कार्यक्रम पनि सञ्चालन



काठमाडौँ । सेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक युवाहरुको लागी वीरगञ्जमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

सन् २०११ मा नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित भएको एनआइबिएल एस क्यापिटल लिमिटेड उक्त कार्यक्रममा डिपि पार्टनरको रुपमा उपस्थित भई निःशुल्क डीम्याट खाता खोल्ने कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

एनआइबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ, संस्थागत परामर्श सेवा, लगानी व्यवस्थापन सेवा र निक्षेप सदस्यका अन्य वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

ब्रोकर नं २२ सिप्रवी सेक्यूरिटीज प्रालले आयोजना गरेको उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ मधेशप्रदेश एवं नेपाली यूवा उद्यमी सजांल वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जको होटल लर्डस दियालोमा सम्पन्न भएको हो ।

वीरगञ्जका विभिन्न आधादर्जन कलेजका छात्रछात्राहरुको समेत सहभागिता भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा वीरगञ्जका मेयर सरावगीले सेयर बजार पछिल्लो समय अवसर खोज्नेहरुको लागि राम्रो प्लेटफर्म भएको चर्चा गर्दै लगानी गर्दा धेरै कुरामा सचेत भई लगानी गर्ने सुझाव समेत दिए ।

आगामी दिनमाहरुमा पनि आयोजना हुने यस्ता कार्यक्रममा एनआइबिएल एस क्यापिटल लिमिटेडले सहभागी हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्