Logo

करीव ९ अंकले बढ्यो नेप्से, साढे ४९ करोडको कारोवार

करीव ९ अंकले बढ्यो नेप्से, साढे ४९ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ८ दशमलव ७४ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार २ सय ६६ अंकमा पुगेर बन्द भएको छ ।

बुधवार बीमा समुहको परिसुचक सवैभन्दा बढी २८ अंकले बढेको छ । उत्पादन समुहको परिसुचक २८ दशमलव ६,अन्य समुहको १० दशमलव ५७ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ८ दशमलव ९७ अंकले बढेको छ ।

त्यस्तै विकास बैंक,होटल र फाइनान्स समुहको परिसुचक क्रमशः ६ दशमलव ७४,३ दशमलव ९९ र ३ दशमलव ९४ अंकले उकालो लागेको छ । यता जलविद्युत समुहको परिसुचक भने ७ दशमलव ९९ अंकले ओरालो लागेको छ ।

बुधवार नेपाल बैंक लिमिटेडको सवैभन्दा बढी ५ करोड ७७ लाखको कारोवार भएको छ । त्यस्तै एनएमबी बैंकको ३ करोड ८३ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको कारोवार २ करोड ७६ लाखको कारोवार भएको छ ।

बुधवार १ सय २१ कम्पनी कारोवारमा आएका थिए । ति कम्पनीको ९ लाख ५९ हजार कित्ता सेयरबाट ४९ करोड ४९ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL