Logo

नेप्सेमा दोहोरो अंकको गिरावट, घटेको बजारमा कारोबार रकमले पनि साथ छोड्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, घटेको बजारमा कारोबार रकमले पनि साथ छोड्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार २० दशमलव ३४ अंकले ओरालो लागेको छ । पछिल्ला दिनमा लगातार घटेको बजारमा केही दिनयता सामान्य सुधार देखिएपनि बुधबार भने बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

आज कुल २ सय २६ कम्पनीका ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम जम्मा २ अर्ब ४६ करोड ३५ लाखमा सीमित भएको छ ।

आज दिनभर भएको कारोबारमा व्यापार र म्युचुयल फण्ड समुहबाहेकका सबै समुहको परिसुचक ओरालो लागेको छ । आज व्यापार समुहको परिसुचक १२.७७ अंकले बढदा जीवन र निर्जीवन बीमा समुहको परिसुचकमा १२८ र ७७ अंकले घटेको छ । यस्तै आज विकास बैंक समुहको परिसुचक ५३ अंकले घट्दा जलविद्युत समुहको परिसुचक ३६ अंकले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL