Logo

ग्रीन भेन्चर्सको २८ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणलाई, आजबाट विक्री खुला

ग्रीन भेन्चर्सको २८ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणलाई, आजबाट विक्री खुला



काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गते मंगलवा (आज) देखि सर्वसाधारणमा आईपीओ निस्कासन गर्दै छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३१ लाख २५ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यी बाहेक बाँकी २८ लाख ७५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासन गर्न लागिएको हो ।

यो आईपीओ खरीदका लागि छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा चैत २२ गतेसम्म आईपीओ विक्रीको मिति कम्पनीले तय गरेको छ । तर यस अघिको आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा चैत ११ गतेसम्म मात्र यो आईपीओ विक्रीमा रहने सम्भावना छ । यो आईपीओ खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूर रेटिङ्ग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL