Logo

होङ्सी शिवम् सिमेन्टले १०.२०४ प्रतिशत बोनस दिने, वार्षिक साधारण सभाबाट पारित

होङ्सी शिवम् सिमेन्टले १०.२०४ प्रतिशत बोनस दिने, वार्षिक साधारण सभाबाट पारित



काठमाडौं । होङ्सी शिवम् सिमेन्टले आफ्ना शेयर धनीलाई गतवर्षको मुनाफाबाट १०.२०४ प्रतिशत बोनस सेयर दिने भएको छ । शिवम् सिमेन्टको सहायक कम्पनी होङ्सी शिवमको हालै सम्पन्न वार्षिक साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो ।

चीनको व्यापारिक समूह होङ्सीको लगानीमा स्थापना भएको सिमेन्ट उद्योग हो । यस्तै, होङ्सी सिमेन्टको समेत लगानी रहेको छ । होङ्सी शिवमको ३० प्रतिशत र होङ्सी समूह अन्तर्गतको हङकङ रेडलाइनको ७० प्रतिशत लगानी छ ।

यस्तै, होङ्सी शिवम्मा शिवम् सिमेन्टको ८८ प्रतिशत लगानी रहेको छ । कम्पनीकाअनुसार होङ्सीको १२ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजीमध्ये शिवम् होल्डिङ्गको पूँजी ३ अर्ब ८२ करोड १९ लाखभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL