Logo

जाल्पा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कार्यालय समयभित्र आवेदन दिन सकिने

जाल्पा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कार्यालय समयभित्र आवेदन दिन सकिने



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) भर्ने समय आज सकिदैछ । कम्पनीले गत माघ २१ गते ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

यही २१ गतेदेखि २५ गतेसम्मका लागि जारी गरीएको कम्पनीको आईपीओको खरिदबिक्रीको समय आज सकिन लागेको हो । आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । तर, अघिल्लो दिननै कम्पनीको सेयर खरिदका लागि माग गरेभन्दा ५६ गुणा बढीले आवेदन परिसकेको छ ।

सिडीएससीका अनुसार माघ २४ गतेसम्ममा नै कम्पनीको सेयर खरिदका लागि २२ लाख १४ हजार ९१९ जनाले २ करोड ७२ लाख ५७ हजार ७९ कित्ताको लागि आबेदन दिएका छन् । जुन मागको तुलनामा झन्डै ५६ गुणाले बढी हो ।

कम्पनीले गत माघ २१ गते एक सय रुपैयाँ कित्ता दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषको र बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ । इच्छुक आवेदकले आज ५ बजेसम्म न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्ताका लागि दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL