Logo

२ अंकले बढ्यो नेप्से, कारोवार रकम ५६ करोड पुग्यो

२ अंकले बढ्यो नेप्से, कारोवार रकम ५६ करोड पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक २ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार २ सय ४० अंकमा पुगेर बन्द भएको छ ।

मंगलवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन विकास बैंक समुहको परिसुचक सबैभन्दा बढी ५ अंकले बढेको छ ।

त्यस्तै अन्य ४ दशमलव ७, जलविद्युत ४ दशमलव ६२, फाइनान्स १ दशमलव ९७ र बैंक समुहको परिसुचक १ दशमलव ४४ अंकले बढेको छ । यता होटल तथा बीमा समुहको परिसुचक भने क्रमशः १६ र २ दशमलव ६९ अंकले ओरालो लागेको छ ।

मंगलवार १ सय ११ ओटा कम्पनी कारोबारमा आएका थिए । ति कम्पनीका १० लाख कित्ता सेयरबाट ५६ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्