Logo

साढे १७ अंकले बढ्यो नेप्से, ५५ करोडको कारोवार

साढे १७ अंकले बढ्यो नेप्से, ५५ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको दोश्रो दिन सोमबार नेप्से  १७ दशमलव ३२ अंकले उकालो लागेको  छ । सो दिन सेयर बजार  १ हजार १ सय ३८ अंकमा पुगेर  बन्द भएको छ ।

सोमबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्कम प्रभाव परेको हो । सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी ७३ दशमलव ४७ अंकले उकालो लागेको छ ।

त्यस्तै बीमा समुहको ३५ दशमलव २५, उत्पादन समुह २६ दशमलव ९३ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक २० दशमलव ७९ अंकले बढेको छ । त्यसैगरी विकास बैंक १९ दशमलव ५९, अन्य ५ दशमलव ८८ र फाइनान्स समुहको परिसुचक ३ दशमलव ९८ अंकले बढेको छ ।

सो दिन जलविद्युत समुहको परिसुचक भने १७ दशमलव ८७ अंकले ओरालो लागेको छ ।

सोमबार कारोवारमा आएका १ सय १३ कम्पनीको ९ लाख ३७ हजार कित्ता सेयरबाट ५५ करोड ३६ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL