Logo

इमर्जिङ नेपालको आईपीओ माघ २६ बाट निष्कासन हुने, ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणलाई

इमर्जिङ नेपालको आईपीओ माघ २६ बाट निष्कासन हुने, ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणलाई



काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले यहीँ माघ २६ गते बुधबारदेखि ५ लाख ५५ हजार कित्ता बढी प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित ५ लाख ५५ हजार ६०० कित्ता सेयर अर्थात् ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार कुल निष्कासित आईपीओ मध्ये ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरूका लागि छुट्ट्याइएको छ भने बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुल्ला गरिनेछ ।

इच्छुक लगानीकर्ताहरुले माघ २६ गतेदेखि फागुन १ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग हाउसले विकास गरेको मेरो सेयर मोबाइल एप, वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आईपीओका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL