Logo

साताको पहिलो दिन ६९ अंकले बढ्यो बजार, कारोबार रकम पौने १० अर्ब नजिक

साताको पहिलो दिन ६९ अंकले बढ्यो बजार, कारोबार रकम पौने १० अर्ब नजिक



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ६९ अंकले उकालो लागेको छ । बजार खुलेपछि बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तिममा ६९ अंकले बढ्दै २९२६ अंकमा पुगेर अडिएको छ ।

दोहोरो अंकले बढेको बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचक ५.६२ प्रतिशतले बढ्दा बैंक, विकास बैंक र जलविद्युत समुहको परिसुचक २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् ।

आईतबार बजारमा लामो समयपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मुल्य बढेर सर्किट लागेको छ भने अघिल्लो हप्तामात्रै नेप्सेमा सुचिकृत भएको मध्यभोटेकोशीको सेयर मुल्य पनि बढेर सर्किट लागेको छ ।

यसैगरी बजारमा कारोबार रकम पनि उच्च रुपमा बढ्न पुगेको छ । आईतबार ९ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा २२९ कम्पनीको १ करोड ८२ लाख कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL