Logo

इन्फिनिटी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

इन्फिनिटी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौँ(जस)–इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल २९ दशमलव १६ प्रतिशत लााभंश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २९ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पीको मंसिर ४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्