Logo

सेयर बजार घटेर तनावमा हुनुहुन्छ ? यी १० सुझाव हुनसक्छ तपाईका लागि उपयोगी

सेयर बजार घटेर तनावमा हुनुहुन्छ ? यी १० सुझाव हुनसक्छ तपाईका लागि उपयोगी



काठमाडौं । विश्वको सबैभन्दा सफल लगानीकर्ता वारेन बफेट अमेरिकी कम्पनी बर्कशायरका सीईओ र विश्वकै धनी व्यक्तिमध्येका हुन् । उनको सम्पत्ति १०१.९ अर्ब डलरभन्दा बढी छ । विश्वभरका लगानीकर्ताहरूले बफेटको सल्लाहलाई अन्धाधुन्ध विश्वास गर्छन् । तर, चाखलाग्दो कुरा के छ भने, वारेन बफेट आफै भन्छन् कि कसैलाई अन्धाधुन्ध विश्वास गर्नु लगानीकर्ताको रूपमा सबैभन्दा ठूलो गल्ती हो । र यही सिकारु लगानीकर्ताहरूले सबैभन्दा ठूलो गल्ती गर्छन् ।

अहिले सेयर बजार मन्दीको अवस्थामा छ । यस्तो अवस्थामा लगानीकर्ताले के गर्नुपर्छ ? के मन्दीलाई राम्रो कमाईको अवसरमा परिणत गर्न सकिन्छ ? यसमा मानिसहरुको फरक–फरक धारणा रहेको देखिन्छ । तर ‘लगानीका गुरु’ वारेन बफेटले मन्दी बजारमा के गर्नु उपयुक्त हुन्छ भन्नेबारे केही टिप्स दिएका छन् । बफेटका अनुसार मन्दीको समयमा मानिसहरू शेयर बजारबाट भाग्छन् र सुरक्षित लगानी खोज्न थाल्छन्, जस्तै सुन आदिमा लगानी गर्छन । तर, जब शेयर बजारमा सबैजना डराउँछन् वारेन बफेट भने यसको विपरित धेरै लोभी बन्छन् र अधिक र अधिक कमाउने अवसरहरू खोज्छन् ।

बफेटको लगानी नीतिको संसारमै प्रशंशा हुने गरेको छ, घटेको सेयर बजारमा वारेन बफेटको लगानी मन्त्र जान्नुभयो भने तपाई यस समयमा स्मार्ट लगानीकर्ता बन्नुहुनेछ ।

१. लगानीका आधारभूत नियमहरू अनुसार लगानी गर्नुहोस्

लगानी गर्दा सबैभन्दा महत्वपूर्ण कुरा । वारेन बफेट भन्छन् कि कुनै पनि कम्पनी बढ्दैछ भनेर मात्र लगानी नगर्नुहोस्, तर आधारभूत नियम पालना गर्नुहोस् । उदाहरणका लागि, तपाईले लगानी गरेको कम्पनीको व्यवसाय बुझ्नुहुन्छ । के कम्पनीसँग राम्रो सञ्चालन इतिहास छ ? कम्पनीको व्यवस्थापन कस्तो छ ? कम्पनीले गर्ने व्यवसायको मूल्य के हो । यी सबै बिन्दुहरू मापन गरेर कम्पनीको परीक्षण गर्नुहोस् र त्यसपछि लगानी गर्नुहोस् ।

२. बजार परिवर्तनहरू बुझ्नुहोस् र फाइदा लिनुहोस्

सन् २०१६–१७ को आसपास खुद्रा व्यापारले राम्रो गति लिएको थियो । तर त्यसबेला रिटेलले परम्परागत सपिङ मलको सट्टा अनलाइन बजारको रूप लिइरहेको थियो । त्यसैले यो परिवर्तनलाई बुझेर, बफेटले आफ्नो वालमार्टको सेयर बेचे र अमेजनका शेयरहरू किने ।

३. राम्रो टोकरी छान्नु

बजार खराब चरणबाट गुज्रिरहेको हुन सक्छ, तर राम्रो व्यापार गर्ने कम्पनीहरूले कहिलेकाहीँ बाँकी बजारलाई चकित गरेर राम्रो गर्छन् । तसर्थ, लगानीकर्ताहरूले त्यस्ता व्यापार टोकरीका कम्पनीहरू खोजिरहनुपर्छ । तिनीहरूले मन्दी बजारमा पनि कमाउन सक्छन ।

४. दृष्टिकोणमा परिवर्तन

कुनै एक सिद्धान्तलाई आदर्श मानेर त्यसमा अडिग रहनु ठीक होइन । नयाँ परिवर्तनहरू परीक्षण पछि स्वीकार गर्नुपर्छ । वारेन बफेट आफैंले आफ्नो अनुभव उद्धृत गर्दै भन्छन् कि पहिले उनी एयरलाइन्स कम्पनीहरू मृत्युको कुवा हुन् भन्ने विश्वास गर्थे । तर उनका आफ्नै सहकर्मीले यस क्षेत्रमा राम्रो बृद्धिको अवसरको लागि वकालत गरे, त्यसपछि यस क्षेत्रमा सुधार पनि देखियो । यसपछि वारेन बफेट आफैंले आफ्नो कम्पनीले साउथवेस्ट एयरलाइन्सको शेयर किन्नु पर्ने बताए । यसको मतलब वारेन आफैं अडिग रहेनन्, र उनले परिवर्तनहरू स्वीकार गरे ।

५. अचानकको उछालबाट लोभ नगर्नुहोस्

६. बुझेको व्यवसायमा लगानी

जब अमेरिकामा डट कम कम्पनीहरूको बूम थियो, तब पनि वारेन बफेटले ती कम्पनीहरूमा लगानी गरेनन्, किनभने उनले त्यो व्यवसायलाई बुझेका थिएनन् । एक लगानीकर्ताको रूपमा, तपाईले सबै व्यवसाय बुझ्न सक्नुहुन्न, त्यसैले तपाईले बुझेको व्यवसायमा लगानी गर्नुहोस् ।

७. स्टकको वास्तविक मूल्य

वारेन बफेट भन्छन् कि राम्रो मुल्यमा राम्रो कम्पनीको शेयर किन्नुको सट्टा उचित मूल्यमा ठूलो कम्पनीको शेयर किन्नुहोस् । प्रर्वद्धकको अनुहार हेरेर शेयरको मुल्य कहिले पनि निर्धारण नगर्नुहोस् ।

८. धैर्य र अनुशासित हुनुहोस्

स्टक सस्तो हुादै जााँदा र कम्पनीको आधारभूत कुरादेखि व्यवस्थापनसम्म सबै कुरा सही छ भने पनि जोशमा नहटौँ । वारेन बफेट भन्छन् कि लगानी गर्दा होसलाई आफ्नो दिमागमा हावी हुन नदिनुहोस् । लगानीकर्ताको रूपमा अनुशासनमा रहेर लगानी गर्नुहोस ।

९. सस्तो मुल्य हेरेर मात्रै शेयर नकिन्नुहोस

वारेन बफेटले स्टकको सस्तो मूल्य देखेर मात्र शेयर किन्नु सबैभन्दा ठूलो मूर्खता हो भन्ने विश्वास गर्छन् । यदि स्टकको मूल्य ५० रुपैयाँबाट ४० रुपैयाँमा झरेको छ भने, यो आवश्यक छैन कि यो तपाईंको लागि राम्रो सम्झौता हो । हुनसक्छ आजको कम्पनीको अवस्था अनुसार ४० रुपैयाँको सेयरको भाउ निकै उच्च भएको छ । सधैं कम्पनीको आधारभूत, कार्यसम्पादन, आम्दानी हेरेर लगानी गर्नुहोस् । आफ्नो छैठौं इन्द्रियको प्रयोग नगर्नुहोस् ।

१०. बजार अस्थिरता तपाईंको साथी हो

बफेटको विश्वास छ कि बजारको अस्थिरतालाई शत्रुको रूपमा नहेर्नुहोस्, यो अस्थिरतालाई आफ्नो साथी बनाउनुहोस् । यदि तपाईंले अस्थिरताको प्रकृति बुझ्नुहुन्छ भने, यो पैसा कमाउने उत्तम समय हो । उनको कम्पनी बर्कशायर ह्याथवेले इतिहासमा लगभग तीन पटक आफ्नो नेटवर्थको ५०% भन्दा बढी गुमाएको छ । तर बफेटले आफ्नो व्यक्तिगत कुल सम्पत्तिको २% भन्दा बढी गुमाएनन्। अस्थिरताको युगमा उनीहरूले राम्रो मूल्यमा राम्रो कम्पनीको शेयर किनेका हुनाले यस्तो भएको हो ।

प्रतिक्रिया दिनुहोस्