Logo

१४ अंकले बढ्यो नेप्से, ५८ करोडको कारोवार

१४ अंकले बढ्यो नेप्से, ५८ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बिहीवार सेयर बजार १४ दशमलव २५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ६४ दशमलव १४ अंकमा पुगेर बन्द भएको हो । कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेकोले समग्र सयर बजारमा प्रभाव परेको हो ।

बिहीवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ५३ दशमलव ७७ अंकले  उकालो लागेको छ । त्यस्तै जलविद्युत ४७ दशमलव ५६, अन्य १७ दशमलव ६२ र बैंकिङ समुहको परिसुचक १३ दशमलव ३३ अंकले बढेको छ ।

त्यसैगरी विकास बैंक, होटल र फाइनानस समुहको परिसुचक क्रमशः १० दशमलव ४४,९ दशमलव ७ र ० दशमलव २२ अंकले उकालो लागेको छ । सो दिन ट्रेडिङ समुहको परिसुचक भने ११ दशमलव ०६ अंकले घटेको छ ।

बिहीवार एनआइसी एसिया बैंकको सवैभन्दा बढी १० करोड १६ लाखको सेयर कारोवार भएको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको ३ करोड ६६ लाख बराबरको सेयर कारोबार भएके छ । सो दिन १ सय २८ कम्पनी कारोवारमा आएक थिए । ति कम्पनीको १० लाख कित्ता सेयरबाट ५८ करोड १९ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL