Logo

३ अंकले बढ्यो नेप्से, साढे ४४ करोडको कारोवार

३ अंकले बढ्यो नेप्से, साढे ४४ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ३ दशमलव १२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ४९ दशमलव ८९ अंकमा पुगेका बन्द भएको छ ।
बुधबार कारोवारमा आएकामध्ये होटल समुको परिसुचक सवैभन्दा बढी २२ अंकले उकालो लागेको छ ।

त्यस्तै जलविद्युत समुहको परिसुचक१७ दशमलव ८१ अंक र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ६ दशमलव ३८ अंकले बढेको छ । त्यसैगरी अन्य समुहको परिसुचक ५ दशमलव ८८ अंकले उकालो लागेको छ ।

यता वीमा समुहको परिसुचक भने ५० अंक्ले ओरालो लागेको छ । त्यस्तै विकास बैंक, फाइनान्स र ट्रेडिङ समुहको परिसुचक पनि क्रमशः ३ दशमलव ८, २ र १ दशमलव ५२ अंकले घटेको छ ।

सो दिन कारोवारमा आएका १ सय ३२ कम्पनीको ८ लाख २१ हजार कित्ता सेयरबाट ४४ करोड ६० लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्