Logo

६ दशमलव २२ अंकले घट्यो नेप्से, ४९ करोडको कारोवार

६ दशमलव २२ अंकले घट्यो नेप्से, ४९ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको दोश्रो दिन सोमवार नेप्से परिसुचक ६ दशमलव २२ अंकले घटेको छ । सो दिन सेयर बजार १ हजार १ सय ५४ दशमलव ६२ अंकमा झरेर बन्द भएको छ । सोमबार कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओराला लागेकोले तयसको असर समग्र सेयर बजारमा परेको हो ।

सोमबार होटल समुहको परिसुचक सवैभन्दा बढी ३९ दशमलव ९४ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा समुहको २६ दशमलव ७५ र जलविद्युत समुहको परिसुचक १४ दशमलव ५८ अंकले घटेको छ ।

सेयर बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ७ दशमलव ८२ र विकास बैंकको ३ दशमलव ६३ अंकले ओरालो लागेको छ । यता उत्पादन तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः १६ दशमलव ३ र २ दशमलव ५९ अंकले बढेको छ ।

सोमवार कारोवारमा आएका १ सय २९ कम्पनीको ७ लाख कित्ता सेयरबाट ४९ करोड ४४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL