Logo

करिव साढे ९ अंकले बढ्यो नेप्से, ६१ करोडको कारोवार

करिव साढे ९ अंकले बढ्यो नेप्से, ६१ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ९ दशमलव ४६अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ६० दशमलव ८४ अंकमा पुगेर बन्द भएको छ ।

सो दिन कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेको छ । आइतवार बीमा समुहको परिसुचक सबैभन्दा बढी २ सय ३५ दशमलव ४६ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक २५ दशमलव ९१, अन्य ५ दशमलव ८७ र ट्रेडिङ ३ दशमलव ५५ अंकले बढेको छ ।,

त्यसैगरी फाइनान्स र होटल समुहको परिसुचक क्रमशः ३ दशमलव ५४ र १ दशमलव ५२ अंकले उकालो लागेको छ । यता सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक भने १ दशमलव ६७ अंक्ले ओरालो लागेको छ । त्यस्तै सो दिन उत्पादन समुहको परिसुचक २६ दशमलव ६७ र जलविद्युत समुह ६ दशमलव ७ अंकले ओरालो लागेको छ ।
आइतवार एनआइसी एसियाको कारोवार सबैभन्दा बढी ५ करोड ७ लाख भएको छ । त्यस्तै नेपाल लाइफ इनस्योरेन्सको ४ करोडको कारोवार भएको छ ।
सो दिन कारोवारमा आएका १ सय २९ कम्पनीको ८ लाख ३९ हजार कित्ता सेयरबाट ६१ करोड को कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्