Logo

९ अंकले बढ्यो नेप्से, साढे ५५ करोडको कारोवार

९ अंकले बढ्यो नेप्से, साढे ५५ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ९ दशमलव २१ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार १ सय ५१ दशमलव ३८ अंकमा पुगेर बन्द भएको छ ।

बिहीवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक बढेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय २८ दशमलव ८७ अंकले उकालो लागेको छ । त्यस्तै होटल समुह ३० दशमलव ६८, विकास बैंक १६ दशमलव ८६ र जलविद्युत समुहको परिसुचक ७ दशमलव ५४ अंकले बढेको छ ।

बैंक तथा फाइनान्स समुहको परिसुचक क्रमशः ४ दशमलव ५८ र १ दशमलव ५ अंकले उकालो लागेको छ ।

विहीबार कारोवारमा आएका १ सय २७ कम्पनीको ११ लाख ३९ हजार कित्ता सेयरबाट ५५ करोड ७३ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्