Logo

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ आजदेखि दोस्रो बजारमा कारोबार सुरु

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ आजदेखि दोस्रो बजारमा कारोबार सुरु



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आइपिओ) आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो ।

कम्पनीको शेयरले ओपन मूल्य रेञ्ज १०३ रुपैयाँ १७ पैसा देखि ३०९ रुपैयाँ ५१ पैसा पाएको छ । कम्पनी र नेप्सेबीच प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु।१०० कायम भएका २ करोड कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको थियो।

कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मार्फत ६० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री खुला गरेको थियो ।

कम्पनीका संस्थापकहरूले लगानी गरेको एक करोड ४० लाख कित्ता शेयरसमेत गरी २ करोड कित्ता साधारण शेयर वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम भदौ १५ गतेको निर्णयाअनुसार नेप्सेमा सूचीकरण भएको हो ।

प्रतिक्रिया दिनुहोस्