Logo

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट हुँदैं, आवेदक मध्ये ९८.४७ प्रतिशतले नपाउने

मानुषी लघुवित्तको आईपीओ बाँडफाँट हुँदैं, आवेदक मध्ये ९८.४७ प्रतिशतले नपाउने



काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ सोमबार बाँडफाँट हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार सोमबार बिहान ८: ३० बजे शेयर बाँडफाँट हुने भएको छ ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेकाे ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।

पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २४ लाख भन्दा बढीले आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताकाे दरले शेयर वितरण हुनेछ ।

त्यस अनुसार गोला प्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् । त्यसमध्येबाटै तीन जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाउनेछन् ।

माग भन्दा बढी आवेदन परेकोले कुल आवेदक मध्ये ९८.४७ प्रतिशतले शेयर नपाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL