Logo

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ६० लाख कित्ता आईपीओका लागि साउन २० गतेदेखि आवेदन खुला गरेको थियो ।

न्युनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिने आईपीओमा तेस्रो दिनसम्म १९ लाख १८ हजार ५ सय ५७ जनाको आवेदन परिसकेको थियो ।

उनीहरुले २ अर्ब ९९ करोड ८३ लाख ६२ हजार रकम बराबरको २ करोड ९९ लाख ८३ हजार ६ सय २० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल हो ।

प्रतिक्रिया दिनुहोस्
MBL