Logo

साढे १२ अंकले बढ्यो नेप्से, ५० करोडको कारोवार

साढे १२ अंकले बढ्यो नेप्से, ५० करोडको कारोवार


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । साताको दोश्रो दिन सोमबार नेप्से परिसुचक १२ दशमलव ५७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ३१ अंकमा पुगेर बन्द भएको छ ।

आइतवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ६४ दशमलव २६ अंकले उकालो लागेको छ ।

त्यस्तै सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक १८ दशमलव ६६ अंकले बढेको छ । सो दिन फाइनान्स र अन्य समुहको परिसुचक क्रमशः १ दशमलव २१ र ३ दशमलव ५२ अंकले उकालो लागेको छ ।

यता होटल, जलविद्युत तथा विकास बैंकको परिसुचक भने क्रमशः २० दशमलव २१, १६ दशमलव ६१ र ० दशमलव ५९ अंकले ओरालो लागेको छ ।

सोमबार कारोवारमा आएका १ सय २१ कम्पनीको ७ लाख २७ हजार बित्ता सेयरबाट ५० करोड ४६ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL